एम्बुलेन्स दुर्घटना हुँदा चालकको ज्यान गयो

टुडे संवाददाता
११ असार २०७७, बिहीबार ११:१४

असार ११,ओखलढुंगा/ लिखु गाउँपालिकामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ । यसमबाट वडा नम्बर ९ को पोकलीतर्फ जाँदै गरेको एम्बुलेन्स बिहान करिब साढे नौ बजे कात्तिकेभिरमा दुर्घटना हुँदा एम्बुलेन्स चालक लिखु गाउँपालिका–४, यसमका २३ वर्षीय सुदर्शन खत्रीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्स बिहीबार बिहान गाउँपालिकाबाट बिरामी लिन पोकली जाँदै थियो । गाउँपालिकाको ३–०१–०० झ ५११५ नम्बरको एम्बुलेन्स सडकबाट करिब २ सय मिटर तल खोलामा खसेको गाउँपालिका अध्यक्ष गोबिन्द पौडेलले जानकारी दिनुभयो ।

वडा नम्बर ८ का वडा अध्यक्षले पोकलीबाट बिरामीलाई काठमाण्डौ लैजान एम्बुलेन्स मगाएपछि चालक बिहानै एम्बुलेन्स लिएर पोकलीतर्फ गएकाले एम्बुलेन्समा बिरामी भने थिएनन् ।साँघुरो र ग्रेड नमिलेको भीरको बाटो भएकाले दुर्घटना भएको स्थानीयको भनाइ छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*