अपडेट रुकुम घटना : २३ अभियुक्तलाई कारागार चलान गर्ने आदेश

हेटौंडा टुडे
१२ असार २०७७, शुक्रबार ०९:४०

असार १२,रुकुम /रुकुम पश्चिम चौरजहारी नगरपालिकाको सोती गाउँमा जेठ १० गते ६ जनाको ज्यान जाने गरी भएको घटनाका प्रतिवादी डम्बरबहादुर मल्लसहित २३ अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश भएको छ । शुक्रबारदेखि सुरु भएको थुनछेक बहसपछि रुकुम जिल्ला अदालतका न्यायाधीश विद्याराज पौडेलले बुधबार अबेर यस्तो आदेश गरेका हुन् । आदेशमा परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ ९२० लाई १ लाख धरौटीमा र ३ जना अभियुक्तलाई साधारण तारेखा छाड्न आदेश दिएको अदालतका श्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।
साधारण तारेखमा छुट्ने प्रतिवादीहरूमा इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्द छन् । यसअघिको आदेशमा दुई जना नाबालकलाई पुर्पक्षका लागि सुधारगृहमा पठाउने आदेश भइसकेको छ । बहसका क्रममा ५ जना सरकारी वकिल, जाहेरवालाको तर्फबाट २० जना अधिवक्ता र प्रतिवादीहरूको तर्फबाट ७ जना अधिवक्ताहरूले बहसमा सहभागी भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*