असार १६,जनकपुरधाम/सिरहामा पानीमा डुबेर एकजना सशस्त्र प्रहरीका जवानको मृत्यु भएको छ। मंगलबार दिउँसो करिब १ बजे सिरहाको सिरहा नगरपालिका वडा नं. १४ को खिरौनास्थित रहो नहरमा सशस्त्र प्रहरी जवानको मृत्यु भएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।
डुबेर मृत्यु हुनेमा महोत्तरीको सेनमा गाउँपालिका वडा नं. ३ का २३ वर्षीय मनोहर कुमार यादव रहेको सिरहा प्रहरीले जनाएको छ। यादव हाल सशस्त्र पोष्ट माडर सिरहामा कार्यरत थिए। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ।
सेयर गर्नुहोस्