आज गुरु पूर्णिमा ,अज्ञानताको अन्धकार नाश गराउने गुरुको पुजा गरिने दिन

टुडे संवाददाता
२१ असार २०७७, आईतवार १०:१७

असार२१ काठमाडौं/आषाढ शुक्ल पूर्णिमाको दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने तथा शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरि गुरुपूर्णिमा मनाइँदै छ ।

ज्ञानको प्रकाशल अज्ञानताको अन्धकार नाश गराउने र त्यसमा सहयोग गर्ने व्यक्तिलाई गुरु मानिने धर्मशास्त्रमा उल्लेख गरिएको छ ।

गुरुलाई हिन्दु धर्मशास्त्रले ब्रह्मा, विष्णु र महेश्वरको तीन अवतारका रुपमा समेत मान्ने गरेको छ । त्यसैले त मातापिताजस्तै गुरुलाई पनि समान मान्यार्थको भावले हेरिन्छ ।

नेपालमा गुरुपूर्णिमाको दिन आज विद्यालय तथा कलेजहरुमा विभिन्न कार्यक्रम गरेर गुरुहरुलाई श्रद्धाभाव प्रकट गरिन्छ ।

आजकै दिन वेदव्यास जयन्ती पनि मनाइन्छ । व्यासले वेदलाई ऋगवेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरि चार भागमा विभाजन गरेर सबैलाई बुझाउन सहयोग गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*