आजबाट मास्क नलगाई बाहिर निस्किए प्रहरीले पक्राउ गर्ने

हेटौंडा टुडे
२३ असार २०७७, मंगलवार ०९:२१

२३ असार, हेटौँडा

आज मंगलबारबाट मास्क नलगाइ घरबाहिर कुनैपनि कामले निस्किएमा प्रहरीले पक्राउ गर्ने भएको छ । लकडाउन खुकुलो बनाएपछि मास्क विना नै मान्छे बाहिर हिडडुल गर्न थालेकोसंगै जोखिम झनै बढेको भन्दै सरकारले मास्क नलगाउनेलाई पक्राउ गर्ने भएको हो । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिईसकेको छ । अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*