उद्धारका लागि दुई हेलिकोप्टर घटनास्थल म्याग्दी पुगे

टुडे संवादाता
२७ असार २०७७, शनिबार १०:४९

असार २७,म्याग्दी/म्याग्दीको पहिरो प्रभावित मराङ र बिममा उद्दारका लागि हेलिकोप्टर पुगेका छन्। म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले नेपाली सेना र प्रभु एयरको हेलिकोप्टर प्रभावित क्षेत्रमा पुगेको जानकारी दिए। प्रभुको हेलिकोप्टरले राहत सामग्री पनि त्यहाँ पुर्‍याएको हो।

सहायक प्रजिअ सुवेदीले नेपाली सेना र प्रहरीको स्थल टोली पनि प्रभावित स्थानतर्फ जाँदै गरेको जानकारी दिए।अविरल वर्षापछि गएको पहिरोका कारण धवलागिरी गाउँपालिका–६ मराङमा २१ तथा बिममा ८ जना बेपत्ता छन् भने ३ जनाको मृत्यु भएको छ। यस्तै, मंगला गाउँपालिका–६ मा १ जना बेपत्ता भएका छन्।

सहायक प्रजिअ सुवेदीले हालसम्म कति शव भेटिए भन्ने यकिन जानकारी आइनसकेको बताए। प्रभावित स्थानमा ३७ घर जोखिममा रहेको सुवेदीले जानकारी दिए। प्रभावित स्थानमा पुग्न सदरमुकाम बेनीबाट २५ किलोमिटर सडक पार गरेपछि दुई घन्टा हिड्नुपर्ने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*