अवैध मृगौला प्रत्यारोपण गरेको आरोपमा भरतपुर मेडिकल कलेजका चिकित्सकसहित चारजना पक्राउ

टुडे संवादाता
२८ असार २०७७, आईतवार १०:२६

 असार २८,चितवन/ चितवनको भरतपुर मेडिकल कलेजबाट चिकित्सकसहित चारजना पक्राउ परेका छन् ।  अवैध रुपमा मृगौला प्रत्यारोपण गरेका आरोपमा चारजना पक्राउ परेका हुन । उच्च प्रहरी स्रोतका अनुसार मृगौला प्रत्यारोपण गर्न अनुमति दिन सिफारिस समितिका चारजना पक्राउ परेका हुन् ।

जसमा चिकित्सकसहित जिल्ला प्रशासन समितिका प्रतिनिधि पनि सदस्य हुन्छन् । पक्राउ पर्नेमा चिकित्सक, स्वास्थ्यकर्मी र जिल्ला प्रशासन कार्यालयका एक प्रतिनिधि पनि छन् । मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौंबाट गएको टोलीले चितवन प्रहरीको सहयोगमा पक्राउ गरेको हो ।  प्रहरी अधिकारीका अनुसार एक नेपाली नागरिकलाई भारतीय बनाएर मृगौला प्रत्यारोपण गरेको पाइएपछि उनीहरु पक्राउ परेका हुन् । मृगौला नजिकका आफन्तले मात्रै दिन पाउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*