नेकपा स्थायी कमिटी बैठक आज

टुडे संवादाता
६ श्रावण २०७७, मंगलवार ०९:०३

साउन६,काठमाडौं/सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पटक-पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक आज बोलाइएको छ।

पछिल्लोपटक ४ साउनमा बोलाइएको बैठक आज बिहान ११ बजे बस्‍ने गरी स्थगित गरिएको विज्ञप्ति निकालेर नेकपाले जनाएको थियो।

अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको विवादका कारण १७ असारयता नेकपा स्थायी कमिटी बैठक बस्न सकेको छैन।

अध्यक्ष दाहाल र वरिष्‍ठ नेता माधवकुमार नेपाल पक्षधरले ओलीलाई दुवै पदबाट राजीनामा गर्न दबाब दिएपछि दुई अध्यक्षबीच दूरी बढेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*