साउन ८,काठमाडौंं/काठमाडौंमा एक युवतीमाथि एसिड प्रहार भएको छ। २२ वर्षीय युवतीमाथि बाफलमा एसिड प्रहार भएको हो। एसिड प्रहार गर्ने युवा भने फरार भएका छन्।
फरार युवकको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्याम ज्ञवालीले बताए।
‘एसिड प्रहार गर्ने युवकको खोजी भइरहेको छ। थप अनुसन्धान हुँदैछ’, ज्ञवालीले भने। ओखलढुङ्गा घर भएकी युवतीमाथि एसिड हानिएको हो। घाइते युवतीलाई कीर्तिपुर अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ।
सेयर गर्नुहोस्