पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु,संक्रमित संख्या २० हजार नाध्यो

हेटौंडा टुडे
१८ श्रावण २०७७, आईतवार १७:२४

साउन १८,हेटौंडा/नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमका अनुसार पछिल्लो २४ घण्टामा पर्सा वीरगञ्जकी एक महिलाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ५७ पुगेको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा दुई सय ४६ जना नयाँ संक्रमित थपिएसँगै जम्मा संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौं उपत्यकामा ३१ जना थपिएका छन् ।सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ७२ रहेको छ । पछिल्लो २४ घण्टामा एक सय ११ जना कोरोनाबाट निको भएर घर फर्केका छन् ।

अहिलेसम्म निको भएर घर फर्किनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ । यो संख्या ७१ दशमलव ८ प्रतिशत हो । पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ६१ जनाको पीसीआर परीक्षण भएको छ । ५ हजार ३ सय ६२ जना आइसोलेसनमा रहेका छन् । १० हजार ९ सय ३४ जना क्वारेन्टिनमा रहेका छन् । यसैबीच स्वास्थ्य मन्त्रालयले गत साउन १४ गतेको निर्णय अनुसार नेपालमा कहीं पनि आरडीटी परीक्षणलाई प्रतिवन्ध लगाइएको बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*