साउन २०,कास्की/कास्कीमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुबा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२६ बस्ने ४१ बर्षीय पुरुषलाई आफ्नै १३ बर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस घटना बारे स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
सेयर गर्नुहोस्














