साउन २२,तनहुँ/चितुवाको आक्रमणमा परी तनहुँमा डेढ वर्षीय बालकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–२ मसार निवासी विष्णुकुमार रानाका डेढ वर्षीय छोरा नारायण रानाकाे चितुवाकाे आक्रमणबाट मृत्यु भएकाे हाे ।
बुधबार राति घरमै खेलिरहेकाे समयमा एक्कासी चितुवाले आक्रमण गर्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पछिल्लो समय तनहुँमा चितुवा आतंक बढ्दै गएको छ । प्राय घटना साँझको समयमा हुने गरेकाले अभिभावक नै सचेत रहन जरुरी देखिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए ।
‘आमा घरभित्र रहेको समयमा राति साढे आठ बजे चितुवाले बालकलाई पिँढीबाट टिपेर लगेछ’ बरालले भने, ‘घरदेखि दुईकिलोमिटर पर बालकको शव भेटिएको छ ।’
तनहुँमा चितुवाको आक्रमणमा परी दुई वर्षको अवधिमा दश बालबालिकाको ज्यान गएकाे छ भने आठ जना घाइते भएका छन् ।
सेयर गर्नुहोस्