अवैध लागु औषध सहित एक यूवक पक्राउ

टुडे संवादाता
२२ श्रावण २०७७, बिहीबार १८:५०

साउन २०, झापा /जिल्ला प्रहरी कार्यालय झापाले अवैध लागु औषध सहित एक यूवकलाई पक्राउ गरेको छ ।

झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर -३ स्थित बस बिसौनीबाट १३ ग्राम अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले सोही स्थानका २७ वर्षीय मिलन भुजेललाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*