खोलामा हाम फाल्दा सर्लाहीका एक युवकको मृत्यु

हेटौडा टुडे
२४ श्रावण २०७७, शनिबार १४:०२

साउन२४,सर्लाही/सर्लाहीको परवानिपुरमा एक युवकले खोलामा हाम फाल्दा डुबेर मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत लालबन्दी नगरपालिकाको उतरीक्षेत्र पर्ने वडा नम्बर १६ परवानिपुरको कालिन्जोर खोलामा आज बिहान मानसिक सन्तुलन ठिक नभएका ४५ बर्षीय हितबहादुर दाहलले खोलामा हाम फाल्दा डुबेर उनको ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।

बिगत केहि बर्षदेखि काठमाडौंमा बस्दै आएका दाहाल शारिरिक र मानसिक रुपमा मादक पदार्थ सेवनबाट अस्वस्थ भएपछि प्रहरीले घर सर्लाही पठाएको लालबन्दी वडा नम्बर १६ का वडा अध्यक्ष गणेश बहादुर थापाले बताए ।

नेपाल प्रहरीले घर परिवारलाई जिम्मा लगाएपछि अहिलेको कोरोना भाइरस कोभिडको सुरक्षालाई मध्यनजर गर्दै अलग्गै घरमा होम क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएर राखेकोमा शनिबार बिहानै घर बाट निस्केर घर भन्दा केहि पर रहेको कालिन्जोर खोलामा हामफाल्दा उनको ज्यान गएको अध्यक्ष श्रेष्ठको भनाई रहेको छ । खोलामा डुबेर ज्यान गए पछि प्रहरी घटना स्थलमा पुगि मुचुल्का उठाई सव पोष्ट मार्टमको लागी जिल्ला अस्पताल मलंगवा पठाईएको स्थानिय युवा राजेश पाठकले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*