हात्तीको दाह्रा किनबेचमा संलग्न ३ जना सुकेधाराबाट पक्राउ

टुडे संवादाता
२४ श्रावण २०७७, शनिबार १८:१८

काठमाडौं/महानगरीय प्रहरी परिसर टेकु ले काठमाडौं महानगरपालिका-४ सुकेधारा करिडोरबाट १ थान हात्तीको दाह्रा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पाँचथर पौवासार्तापा-१ घर भएका हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ बस्ने २८ वर्षीय रूद्र लिम्बु, काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने गोरखा अजिरकोट गाउँपालिका १ घर भएका २२ वर्षीय सुवोध देवकोटा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका ११ वालुवाखानी बस्ने सिन्धुपाल्चोक घर भएका २५ वर्षीय हरि कार्की रहेका छन ।

हात्तीको दाह्रा किनबेच गर्न लागेको अवस्थामा महानगरीय प्रहरी परिसर टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*