गोंगबु घटना प्रकरण :अहिलेसम्म अनुसन्धानबाट खुलेका तथ्यहरू

टुडे संवादाता
२७ श्रावण २०७७, मंगलवार १५:०६

काठमाडौं /प्रहरीले रोल्पाका कृष्णबहादुर बोहाराको हत्यामा संलग्नको आरोमा पक्राउ परेकी महिलालाई सार्वजनिक गरेको छ।  साउन २५ गते काठमाडौंको टोखा नगरपालिका-१० गोंगबु, नवज्योति मार्गमा सुटकेसमा शव र  अर्को झोलामा टाउको र खुट्टा फेला पारेको थियो।

शव पहिचानपछि अनुसन्घानका क्रममा हत्यामा संलग्नको आशंकामा चितवनकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) लाई सोमबार पक्राउ गरी काठमाडौं ल्याएको थियो।

प्रहरीले मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंमा गरेको पत्रकार सम्मलनमार्फत हत्यामा संलग्न मुडभरीलाई सार्वजनिक गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको संयुक्त अनुसन्धानबाट विभिन्‍न तथ्यहरु फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृतक २४ वर्षीय कृष्णबहादुर रोल्पा रम्तीगढी ७ सतिमका हुन् । अभियुक्त ३७ वर्षीया कल्पनाा चितवन कालिका नगरपालिका ७ घर भएर अहिले टोखा नगरपालिका १० नवज्योती मार्गमा बस्दै आएकी हुन् ।

उनी पेशाले गृहिणी हुन् । उनले केही टेलिशृङ्खलामा अभिनयसमेत गरेको प्रहरीले खुलाएको छ । कल्पनालाई प्रहरीले साउन २६ गते चितवन कालिका नगरपालिका ९ शक्तिखोरस्थित माइतीबाट पक्राउ गरेको हो । घटनामा संलग्न उनकी १५ वर्षीया छोरीलाईसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। अन्नपूर्ण पोष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*