दाङ/दाङमा मोटरसाइकल दूर्घटनामा परि एक किशोरको मृत्यु भएको छ । दाङको नारायणपुरमा १८ वर्षीय किशोरको मृत्यू भएको हो ।
दाङको घोराही उपमहानगरपालिका वडा नं. १० झारबैरा निवासी १८ वर्षीय विमल डाँगीको आफैले चलाएको मोटरसाईकल दूर्घटनामा परि मृत्यु भएको प्रहरीले जनाएको छ ।
डाँगीले चलाएको रा ४ प २५५१ नम्वरको मोटरसाईकल घर नजिकै अनियन्त्रित भइ दूर्घटना हुँदा उनी गम्भीर घाइते भएको र उनको उपचारका क्रममा घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय घोराही दाङले जानकारी दिएको छ ।
गम्भीर घाइते डाँगीको उपचारका क्रममा राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले बताएको छ ।
सेयर गर्नुहोस्














