भक्तपुरमा जनावरको छाला सहित ४ तस्कर पक्राउ

टुडे संवादाता
२७ श्रावण २०७७, मंगलवार १७:५३

भक्तपुर/बाघ वा चितुवाको जस्तो देखिने छालासहित भक्तपुरमा चारजना पक्राउ परेका छन । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका ८, सुठा डेरा गरी बस्ने रामेछाप सुनापाती गाउँपालिका ५ रुपाकोट घर भएका १८ वर्षीय किशोरलगायत अन्य छन् ।

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरीले कालो, खैरो र सेतो रंगको उक्त छाला, २ थान मोटरसाइकल, ८ थान मोबाइलसहित चार जनालाई पक्राउ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*