सुदूरपश्चिममा आज १२ जना कोरोना संक्रमित थपिए संगै संक्रमित ४ हजार ९५३ पुगे

हेटौंडा टुडे
२७ श्रावण २०७७, मंगलवार १८:०२

 

धनगढी \ स् सुदूरपश्चिम प्रदेशमा आज थप १२ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, शिक्षण अस्पताल काठमाडौँ र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा आज थप १२ जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार शिक्षण अस्पताल प्रयोगशालामा दार्चुलाका एक र भेरी अस्पताल प्रयोगशालामा अछामका एक जना गरी दुई जनामा कोरोना पुष्टि भएको हो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप १० जनामा संक्रमण देखिएको हो । सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा परिक्षण गरिएका १४६ नमुनामध्ये १० जनामा संक्रमण पोजेटिभ देखाएको हो ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीका २ जना, कञ्चनपुरका ३ जना र दार्चुलाका ५ जनामा संक्रमण पुष्टि भएको हो । उनले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ र ३ का एक(एक जना पुरुष, कञ्चनपुरको बेलडाडी वडा नम्बर २ का एक जना र बेलौरीका २ जनामा पुरुषमा संक्रमण देखिएको बताए ।

यस्तै दार्चुलाको मालिकार्जुनका ३ जना र मार्मा गाउँपालिकाको वडा नम्बर ३ का २ जनामा आज संक्रमण पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ५३ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*