नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

टुडे संवादाता
२८ श्रावण २०७७, बुधबार १६:५७

काठमाडौं/नेपालमा पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४८१ जनामा गरेको पिसिआर परीक्षणबाट ४८४ नयाँ सङ्क्रमित देखिएका हुन् ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या २४ हजार ४३२ पुगेको छ ।

त्यसैगरी कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले मोरङ, सप्तरी, बारा, धनुषा, काठमाडौं, धादिङ र कपिलवस्तुका गरी थप ८ जनाको मृत्यु भएको जानकारी दिए । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६४ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १६ हजार ७२८ पुगेको छ । आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ६१३ रहेको छ । क्वारेन्टिमा रहनेको सङ्ख्या १४ हजार ८४६ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*