उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

टुडे संवादाता
२८ श्रावण २०७७, बुधबार १७:२४

काठमाडौँ /काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले सो कुरा जानकारी दिइएको हो ।

मन्त्रालयका अनुसार काठमाडौँका १०९, ललितपुरका २१ र भक्तपुरका ८ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौँका १० जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भक्तपुरका १ जना, काठमाडौँका २९ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जना, काठमाडौँका ११ जना र ललितपुरका १४ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै वीर अस्पतालमा गरिएको परीक्षणमा गरिएको परीक्षणमा भक्तपुरका २ जना र काठमाडौँका २ जना, त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जना र काठमाडौँका ११ जना र ललितपुरका १ जना र नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जना, काठमाडौँका २२ जना र ललितपुरका २ जनामा कोरोना संक्रमण देखिएको छ।

यसैगरि स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा भक्तपुरका १ जना, काठमाडौँका ९ जना र ललितपुरका २ जना, विध ल्याबमा गरिएको परीक्षणमा काठमाडौँका ५ जना र ललितपुरका २ जना, ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका ८ जना र भक्तपुरका १ जना र वीरेन्द्र अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*