खेल्ने क्रममा पेट्रोल खाएर १७ महिने बालकको ज्यान गयो

हेटौडा टुडे
२८ श्रावण २०७७, बुधबार १८:०३

मुस्ताङ \ १७ महिने बालकले घरमै खेल्ने क्रममा नजिकै राखिएको पेट्रोलियम पदार्थ खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका  ३ पुथाङ एयरपोर्ट जोमसोममा आज बुधबार उक्त बालकले खेल्ने क्रममा पेट्रोल खाँदा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता आशिष अघिकारीका अनुसार घरपझोङ ३ एयरपोर्ट जोमसोममा रहेको त्रिशुला मोटर साइकल वर्कसपका किरण थापाको १७ महिने छोरा किसान थापाको उपचारका लागि जोमसोम अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । घटना बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*