नेपालमा थप ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि

टुडे संवादाता
२९ श्रावण २०७७, बिहीबार १६:५२

काठमाडौं/नेपालमा पछिल्लो २४ घण्टामा ५ सय २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा जानकारी दिएका हुन ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १०९ जना डिस्चार्ज भएका छन । त्यसैगरी हालसम्म १६ हजार ८३७ जना डिस्चार्ज भएका छन । हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ८५९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ४ लाख ८३ हजार २८ जनाको पीसीआर परीक्षण गरिएको छ ।आजसम्म देशभर १४ हजार ७६९ जना क्वारेन्टिनमा रहेका छन ।

आइतबार ३८० कोरोना भाइरस संक्रमित थपिएका हुन् । सोमबार देशभर ३३८ संक्रमित थपिएका छन् भने १४० जना डिस्चार्ज भएका छन् । मंगलबार भने कोरोना संक्रमितको संख्याम अधिक वृद्धि भएको थियो ।

देशभर मंगलबार ६३८ संक्रमित थपिएका थिए भने १७१ जना डिस्जार्च भएका थिए । त्यसैगरी बुधबार ४८४ कोरोना संक्रमित थपिएका हुन् भने ६४ जना डिस्चार्ज भएका हुन् । बुधबार सबैभन्दा बढी १० हजार ४७८ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*