टीकापुर/कैलालीको लम्की चुहानगरपालिका १ थपालीपुरकी एक बालिकाको चट्याङले लागेर ज्यान गएको छ । घर नजिकैको चउरमा खेलिरहेकी १५ वर्षीया मञ्जु शाहीको चट्याङ लागेर ज्यान गएको हो ।
स्थानीय ललित जैशीले दिएको जानकारी अनुसार शाहीको घटनास्थलमै ज्यान गएको हो । उनको शरीरभरि निलडाम छ । चट्याङ लागेर सोही ठाउँकी १३ वर्षीय भावना शर्मा घाइते भएकी छिन । घाइतेको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय लम्कीले चट्याङले लागेर शाहीको ज्यान गएको पुष्टि गरेको छ ।
सेयर गर्नुहोस्