
चितवन । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा। श्रीराम तिवारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले अस्पतालका मेसु डा. तिवारीलाई संक्रमण पुष्टि भएको जानकारी दिए ।
आइबार विहान भरतपुर अस्पतालको सामाजिक सन्जाल मार्फत जानकारी गराउँदै अध्यक्ष डा. अधिकारीले मेसुसहित प्रसुति विभागका प्रमुख डा. सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनले अस्पतालमा कार्यरत अर्का एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको बताए ।


सेयर गर्नुहोस्