सोमबार नेकपाको सचिवालय बैठक बस्दै

टुडे संवादाता
३२ श्रावण २०७७, आईतवार १३:५२

काठमाडौं /सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सोमबार बिहान साढे नौ बजे सचिवालय बैठक बोलाएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कमिटीको बैठक नराखी कार्यदल बनाएको भन्दै विवाद भएको थियो ।

वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गरेका थिए । नेताहरुको माग अनुसार नै सचिवालय बैठक राखेर कार्यदललाई औपचारिकता र कार्यदेश दिन लागिएको बताइएको छ ।न्युज अफ नेपालमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*