लक्षणसहित कोरोना संक्रमण फैलिन थालेपछि वीरगञ्जमा थप काडाई गर्न सेना परिचालन

टुडे संवादाता
३२ श्रावण २०७७, आईतवार १५:५४

 वीरगञ्ज/लक्षणसहित कोरोना संक्रमण फैलिन थालेपछि वीरगञ्जमा थप काडाई गरिएको छ । पछिल्लो समय कोरोनाको हटस्पट बन्दै गएको पर्साको वीरगञ्जमा जारी निषेधाज्ञा आजबाट थप कडाई गरिएको हो ।

थप कडाई गर्नको लागि आजबाट सडकमा सेना परिचालन गरिएको छ । कोरोनाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मीलगायत सर्वसाधारणहरुमा संक्रमण बढिरहेको अवस्थामा मृत्युदर समेत बढेकोले पर्सामा थप कडाईका साथ निषेधाज्ञा लागू गरिएको हो ।
हालसम्म पर्सामा कोरोना संक्रमितको संख्या १२ सय नाघिसकेको छ । वीरगञ्जको नारायणी अस्पतालको मातहतमा दुईवटा अस्थायी कोभिड अस्पताल सञ्चालनमा छन् । गण्डक अस्थायी कोभिड अस्पतालमा ६९ जना संक्रमितहरु उपचाररत छन् ।

जसमध्ये १० जना आईसीयूमा रहेका छन् । वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा १०३ जना संक्रमित उपचाररत छन् । जसमध्ये २६ जना आईसीयूमा छन् । नारायणी अस्पतालको आइसोलेसनमा पाँचजनाको उपचार भइरहेको छ ।

यसबाहेक वीरगन्जका होटल, धर्मशाला, विद्यालय, निजी अस्पताललगायतका सेमी–आइसोलेसनमा दुई सय ३९ जनाको उपचार भइरहेको छ । ३७४ जना संक्रमित भने होम आइसोलेसनमा रहेका छन् । संक्रमितमध्ये अधिकांश लक्षणसहितका बिरामी रहेका छन् । ३६ जना आईसीयूमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*