नारायणी अस्पतालमा ज्यान गुमाएका पुरुषमा कोरोना पुष्टि

हेटौडा टुडे
३२ श्रावण २०७७, आईतवार २१:२१

 

पर्सा / रौतहटका एक पुरुषको श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार वीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएका उनको शनिबार राति नै ज्यान गएको थियो । क्षयरोगको समस्यासँग जुधिरहेका उनको ज्यान गएपछि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

नारायणी अस्थायी कोरोना अस्पतालका इन्चार्ज डाक्टर उदयनारायण सिंहका अनुसार शनिबार राति ८ बजे ज्यान गुमाएका रौतहटको गौर नगरपालिका १ को हनुमान चोकका ३२ वर्षीय पुरुषमा आइतबार साँझ कोरोना सङ्क्रमण पुष्टि भएको हो । शनिबार ज्यान गएपछि उनको स्वाब सङ्कलन गरी परीक्षणको लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*