
काठमाडौं /नेपाली बजारमा सोमवार सुनको मूल्य तोलामा ९८ हजार २०० रुपैयाँ प्रतितोलामा कारोवार भएको छ । आइतवार तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोवार भएको सुनको मूल्य सोमवार तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोवार भएको छ । यस्तै सोमवार चाँदी तोलामा १३ सय १५ रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


सेयर गर्नुहोस्