प्युठान /आफ्नैे छोरीको हत्या गरेको अभियोगमा एक आमा पक्राउ परेकी छिन ।
पक्राउ पर्नेमा सरूमारानी गाउँपालिका–१ डाँडागाउँ टोल बस्ने ३४ वर्षीया माया अधिकारी रहेकी छिन् । प्रहरीले आइतबार बेलुका उनलाई पक्राउ गरेको हो । उनले आफ्नै २५ महिने छोरी आयुषा अधिकारीको हत्या गरेको प्रहरीले जनाएको छ ।
अधिकारीले आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ढुंगेगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सेयर गर्नुहोस्