घुस लिने वाणिज्य विभागका सुव्वा पक्राउ

हेटौडा टुडे
१ भाद्र २०७७, सोमबार १७:१०

काठमाडौं/सेवाग्राहीसँग घुस लिने एक जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग बबरमहलका नायब सुब्बा शिव शंकर महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो । महतोले सेवाग्राहीसँग १० हजार घुस लिने क्रममा आयोगले नियन्त्रणमा लिई कारवाही शुरु गरेको जनाईएको छ ।

फर्मको दर्ता प्रमाण–पत्रसँग सम्बन्धित काम लिई आएका सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना पछि आयोगको टोलीले महतोलाई कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको प्रवक्ता तारानाथ अधिकारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*