उपत्यकामा आज थप १६८ जनामा कोरोना सङ्क्रमण

हेटौडा टुडे
१ भाद्र २०७७, सोमबार १७:४७

काठमाण्डौ/ गएको २४ घण्टामा काठमाण्डौ १३९ सहित उपत्यकामा १६८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
आज भएको नियमित प्रेस बिफ्रिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाण्डौमा एक सय ३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो । योसँगै काठमाण्डौ उपत्यकामा सङ्क्रमितको सङ्ख्या दुई हजार एक सय ३५ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*