मकवानपुरको गढी र वागमती गाउँपालिकामा सहित २६ जनामा कोरोना संक्रमण पुष्टि

हेटौडा टुडे
२ भाद्र २०७७, मंगलवार ११:१७

हेटौंडा / मकवानपुरका थप २६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । मकवानपुर गढीको २ जना , वागमती गाउँपालिकाको १ जना, जिल्ला बाहिरको ५ जना, हेटौँडाको १८ जना गरि २६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

कोरोना भाईरस संक्रमण पुष्टि हुनेमा दैलेखका ४१ बर्षिय पुरुष , काठमाडौका ४८ बर्षिय पुरुष, पाल्पाका ३५ बर्षिय पुरुष भक्तपुरका ३६ बर्षिय पुरुष र पर्साका ४३ बर्षिय पुरुष मकवानपुरमा कार्यरत बनाई बस्ने ५ जना र हेटौंडा ४ का १ गरि ६ जना पुरूष कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै  हेटौडा उपमहानगरपालिका वडा नम्बर १, २, ४, ५, ६, ११, १०, १२, ८ , का महिला पुरुषहरुमा संक्रमण पुष्टि छ ।
जसमा वडा ४ मा ५ जना ,वडा ५ मा ३ जना, वडा ६ मा १ जना, वडा २ मा १ जना, वडा १ मा १ जना,वडा ८ मा १ जना, वडा १० मा २ जना, वडा ११ मा २ जना, वडा १२ मा २ जना गरि जम्मा १८ जनामा संक्रमण दे्िखएको हो  त्यस्तै हेटौंडा १ की भने  एक महिला स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको छ ।

गत २९ र ३० गतेको स्वाब संकलनको नतिजामा २६ जनाको रिपोर्ट पोजेटिभ आएको हेटौंडा स्थित आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईंले जानकारि दिनु भयो । ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*