काठमाडौं । देशभरमा पछिल्लो २४ घण्टामा थप ७०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ११ हजार ८ सय ३२ जनाको परीक्षण गर्दा ७०७ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २६४ जना संक्रमित डिस्चार्ज भएका छन् । आजको थप अपडेटसँगै संक्रमणमुक्त भइ फर्किनेको संख्या १७ हजार ९६४ पुगेको छ । आज क्वारेन्टिनमा ११ हजार ७६८ जना रहेका छन् । ११ हजार ५५५ सक्रिय संक्रमितको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८३२ जनाको पीसीआर परीक्षण भएको छ । गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या एक सय २६ पुगेको छ ।
सेयर गर्नुहोस्