पाल्पा/पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा विद्युत सर्ट हुदाँ करेन्ट लागेर महिलाको मुत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा जुठापौवा खुनधाराकी २७ वर्षीया दिलकुमारी रास्कोटीको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष चेतना गाहाले जानकारी दिनूभयो ।
रास्कोटीलाई उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो ।
गएराति हावा हुरीका कारण विद्युत सर्ट हुँदा थप एक जना घाइते भएको गाउँपालिका उपाध्यक्ष गाहाले बताएकम छन् । घाइते झमानसिंह पुनको मिसन अस्पतालमा उपचार भइरहेको छ । विद्युत् सर्ट हुँदा नेपाने र पटुवाचौर, खुनधाराका विद्युत् मिटरबक्समा समेत क्षति पुगेको छ ।
सेयर गर्नुहोस्