काठमाडौं उपत्यकामा थप १ सय ८२ जना कोरोना संक्रमित थपिए

टुडे संवादाता
५ भाद्र २०७७, शुक्रबार १६:४४

काठमाडाैं/ काठमाडौं उपत्यकामा आज १८२ जनामा कोरोना भाइरसको संक्रमण भेटिएका छ।।स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सो कुरा बताएका हुन् ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

पछिल्लो २४ घन्टामा नेपालमा थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३० हजार ४८३ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप २५० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १८ हजार २१४ उपचारपछि निको भएका छन्।
नेपालमा हालसम्म १३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

आज १३ हजार ५ सय ७९ जनाको पिसिआर टेस्ट भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*