काठमाडौं/पछिल्लो २४ घण्टामा नेपालमा थप ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले थपिएको संख्याबारे जानकारी दिएका हुन् ।
देशभर सक्रिय संक्रमित १३ हजार ७१५ जना रहेका छन् । संक्रमितहरू संस्थागत आइसोलेसनमा ९ हजार १५४ जना र होम आइसोलेसनमा ४ हजार ५६१ जना रहेका छन् ।
हाल क्वारेन्टीनमा ११ हजार २७५ जना रहेका प्रवक्ता गौतमले बताए । हालसम्म अस्पतालबाट डिस्चार्ज भएको संख्या १८ हजार ८०६ रहेको जानकारी दिँदै गौतमले निको हुने दर ५८% रहेको जानकारी दिए ।
सक्रिय संक्रमित ५०० जनाभन्दा बढी रहेका जिल्लामा मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही, बारा र काठमाडौं रहेका छन् भने मुस्ताङ र हुम्लामा शून्य संक्रमित छन् ।
पछिल्लो विवरण अनुसार कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ । सुनसरीमा ६८ वर्षीय पुरुष, मोरङमा ६५ वर्षीय पुरुष, पर्सामा ७० वर्षीया महिला, काठमाडौंमा ४८ वर्षीया महिला तथा रुपन्देहीमा ६८ वर्षीया महिला र ३८, ५३, ५४ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले बताए ।
यससँगै मृतकको संख्या १५७ पुगेको छ ।