नेपालभर थपिए ८५५ जना ,उपत्यकामा मात्रै २३२ जनामा कोरोना संक्रमण पुष्टि

हेटौडा टुडे
९ भाद्र २०७७, मंगलवार १९:२९

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ भने उपत्यकामा मात्रै २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

देशभरका प्रयोगशालामा ११ हजार ३२७ नमुना परीक्षण गर्दा २७१ महिला र ५८४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुगेको छ । उनीहरुमध्ये १९ हजार १९९ निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३१३ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*