कुलमानलाई पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा गएको छैन्

टुडे संवादाता
९ भाद्र २०७७, मंगलवार १९:५४

काठमाडौँ /मन्त्री परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। सोमबार बस्नुपर्ने नियमित बैठक आजका लागि सारिएको हो।

मन्त्रिपरिषदले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको सिइयो नियुक्ति गर्‍यो भन्ने प्रचार गरिए पनि एक मन्त्रीका अनुसार उक्त प्रस्ताव मन्त्रिपरिषदमा पेश भएको छैन।

प्राधिकरणको सिइओका लागि ऊर्जा मन्त्रालयले औपचारिक प्रस्ताव लैजानुपर्ने भए पनि मंगलबारको बैठकमा त्यससम्बन्धी प्रस्ताव नै नलगिएको ऊर्जा मन्त्रालय स्रोतले  समेत जानकारी दियो।

त्यहाँका एक उच्च अधिकारीले भने, ‘आज प्राधिकरणको सिइओ नियुक्ति सम्बन्धी हामीले कुनै प्रस्ताव पठाएका छैनौं।’

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको यही भदौ २९ गते चार वर्षे कार्यकाल सकिने सकिने भएकाले उनैलाई पुन नियुक्ति दिन जनमानसबाट दबाब आइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*