थप ८८५ जनामा कोरोना संक्रमण, ११ जनाको ज्यान गएको पुष्टि

हेटौडा टुडे
१० भाद्र २०७७, बुधबार १६:५१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जनामा संक्रमण देखिएको हो । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.  जागेश्वर गौतमले दिएका जानकारी दिएका छन ।

कोरोना भाइरस संक्रमण कारण मृत्यु हुनेहरुमा दुई महिला र नौ पुरुष रहेको पनि प्रवक्ता गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*