पोखरामा ३२ वर्षीया कोरोना संक्रमितको मृत्यु

हेटौडा टुडे
११ भाद्र २०७७, बिहीबार ०९:३८

पोखरा/पोखरामा उपचारका क्रममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरा स्वास्थ्य  विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा एक जना संक्रमितको मृत्यु भएको हो।

प्रतिष्ठानका अस्पताल निर्देशक डा अर्जुन आचार्यका अनुसार पोखरा महानगरपालीका-११ निवासी  ३२ वर्षीया महिलाको आज बिहान ८ बजे उपचारका क्रममा मृत्यु भएको हो।

उनलाई ७ गते अस्पतालको आइसियुमा भर्ना गरिएको थियो। प्रतिष्ठानमा हालसम्म उपचारका क्रममा ५ जनाको मृत्यु भएको छ।

हेर्नुहोस विज्ञप्ती

No description available.

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*