
हेटौंडा / हेटौंडा ९ मा हिजो देखि यो रातको समयमा स्थानिय बासी आक्रान्त छन । तपाई अहिले हेटौंडा उपमहानगरपालीका वडा नम्बर ९ पशुपतिनगर दशरतपथमा पुग्नुभयो भने त्यहाँ स्थानियको चहलपहल देख्न सक्नुहुनेछ । स्थानियहरु आफ्नो सुरक्षाको लागि रोडमा गस्ति गरिरहेका छन ।
सोहि चहलपहलबारे हेटौंडा टुडेले बुझ्दा स्थानिय जयराम खनाल र बालकृष्ण चौलागाईंको घरको छानोमा ढुङ्गा हानेको जानकारी प्राप्त भएको छ । ढुङ्गा हान्ने ब्यक्ति को हो हुन , कस्ले गरेको हो अहिले सम्म पत्ता लाउन सकेको छैन् । यो काम हिजो रातै भर र आज पनि सुरु भएको स्थानीयले जानकारी दिएका छन ।
हिजो रातको समयमा ढुङ्गा प्रहार भएको खबर आफुले पनि सुनेको खबर पाएको अध्यक्ष लक्ष्मण भण्डारी बताउनुहुन्छ ।
दिनभरको कोरोनाको त्रास रातको समयमा छानोमा ढुङ्गा प्रहार स्थानियले अर्को दुख खेप्नु परेको छ । हिजो पनि रातै भर बाहिर बस्नु परेको र आज रातै भर बाहिर बस्नु पर्ने हो कि भन्ने स्थानीयले गुनासो गरेका छन । इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोली त्यस तर्फ जाँदै गरेको बुझिएको छ ।


सेयर गर्नुहोस्