हेटौंडा १९ की कोरोना संक्रमित महिलाको चितवनमा मृत्यु , मृतकको संख्या ५ पुग्यो

हेटौंडा टुडे
१२ भाद्र २०७७, शुक्रबार ११:१०

हेटौँडा ।  चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडाकि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका १९ की ७१ वर्षीया महिलाको आज विहान मात्रै मृत्यु भएको हो । उनलाई ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको र परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो उनी दम र निमोनियाको समेत बिरामी रहेको जनाइएको छ।

सो अस्पतालमा अहिले पनि ४० जना संक्रमितको उपचार भइरहेकोमा २० जना संक्रमितको गम्भिर अवस्थामा आइसीयू कक्षमा उपचार  भइरहेको छ । यो सँगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*