गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा टुडे
१२ भाद्र २०७७, शुक्रबार १२:११

पोखरा | गण्डकी प्रदेशमा शुक्रबार पुन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १७ जनामा कोरोना पुष्टि भएको हो ।

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा.बिनोद बिन्दु शर्माका अनुसार संक्रमित हुनेहरुमा पोखरा माहानगरपालिका १७ र ३० का गरेर ३ जना ,तनहुँ शुक्लागण्डकी र व्यासका ४ जना ,लमजुङ्ग मर्स्याङ्गदी र बेसीशहरका २ जना र नवलपरासी बिनय त्रिबेणी र देबचुलीका ८ जना रहेका छन् । यो संगै हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०२२ पुगेको छ ।

नवलपरासी (ब.सु.पू.) जिल्ला, देबचुली-१५ का संक्रमित व्यक्ति खानेपानी सप्लाई गर्ने संस्थामा कार्यरत रहेका छन् भने लमजुङ जिल्ला, मर्स्याङ्दी-४ का संक्रमित भारतबाट आएका रहेका छन् । त्यस्तै कास्की जिल्ला, पोखरा महानगरपालिका-१७ का २ जना संक्रमित व्यक्ति पर्यटक प्रहरी रहेको र अन्य सबै व्यक्तिहरु संक्रमितको सम्पर्कमा आएका रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोद बिन्दु शर्माले जानकारी दिनुभएको छ ।

संक्रमित सबै व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

यसैगरी गण्डकी प्रदेशमा अहिले सम्म कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६७२ पुगेको छ ,जुन ८२.६९ % हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*