
हेटौंडा/लियो क्लब अफ हेटौंडा सुर्योदय क्लासिकको मंगलबार जुम एप मार्फत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।बालबालिकाको क्षेत्रमा लामो समय क्रियाशिल तथा एस ओ एस बालग्राम ईटहरीमा कार्यरत काउन्सिलरद्वय मानकुमार गुरुङ र अनिसा अर्यालबाट कोरोनाको महामारी र यसका मानसिक असर बारे अभिमुखिकरण कार्यक्रम भएको हो ।
कार्यक्रम लियो क्लब अफ हेटौंडा सुर्योदय क्लासिकको आयोजनामा भएको हो ।नेपालमा समाजसेवामा सक्रिय रहेको लायन्स कलबको युवा कार्यक्रम अन्तर्गत रहेको लियो क्लबहरुले विभिन्न कार्य गर्दै आएको छ । सोहि अनुसार लायन्स क्लब अफ हेटौंडा सुर्योदयको युवा कार्यक्रमको रुपमा स्थापना भएको क्लवले आज भर्चुअल अभिमुखिकरण कार्यक्रम गरेको हो ।
लियो क्लब अफ सुर्योदय क्लासिकको प्रथम उपाध्यक्ष लियो पारस पाठकको सभाध्यक्षता तथा क्लबका सहसचिव लियो भुवन घलानको संयोजकत्वमा भएको कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ वर्ष २०२०र२१ का डिष्ट्रीक गभर्नर एम।जे।एफ। लायन शम्भु नकर्मीको प्रमुख आतिथ्यता तथा जोन चियर पर्शन लायन किशोर कुमार टण्डन, तथा लायन्सका पदाधिकारी तथा लियो जिल्ला परिषद् ३२५ बी २ नेपालका प्रथम उपाध्यक्ष लियो अनिश लामिछाने, लियो सचिव सुशील कुमार महतो, कोषाध्यक्ष लियो राजन श्रेष्ठ एवम् मिडिया प्रोग्राम चिफ लियो गणेश दुलालको विशिष्ट अतिथ्यता रहेको थियो ।
कार्यक्रमको अन्त्यमा काउन्सिलरद्वय मानकुमार गुरुङ र अनिसा अर्यालले आगामी दिनहरुमा पनि लियो क्लब अफ हेटौंडा सुर्योदय क्लासिकसँग समन्वय गरि यस्ता कार्यक्रम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।


सेयर गर्नुहोस्