काठमाडौं/नेपालमा कोरोनाभाइरस (कोभिड-१९)संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।
संक्रमितमध्ये २५ हजार ५ सय ६१ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा १३ सय ५४ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
मृतकको संख्या भने २ सय ७१ पुगेको छ । पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
सेयर गर्नुहोस्