अल्का अस्पतालमा कार्यरत एक महिला कर्मचारीको हत्या,शव जङ्गलमा भेटियो

हेटौंडा टुडे
२० भाद्र २०७७, शनिबार १४:४८

काठमाडौं/ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत एकजना महिला कर्मचारीको हत्या भएको छ । भैंसेपाटी निवासी ३९ वर्षीय गीता केसीको हत्या भएको हो । उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जंगलमा भेटिएको छ ।

हत्यामा संलग्‍न भएको आशंकामा भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसी पक्राउ परेका छन् । उनलाई अहिले ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने देखिएको छ । केसीको परिवारले उनी हराएको भन्दै तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएको थियो ।

प्रहरीले खोजतलास गरिरहेकै बेला शुक्रबार साँझ मुख्य सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा महिलाको शव भेटिएको थियो ।

शनिबार विहान उक्त शव केसीको भएको पुष्टि भएको थियो । हाल शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी भइरहेको छ । केसीको शरीरमा अन्य चोटपटक देखिएको छैन ।

यद्यपि, पोष्टमार्टमपछि विस्तृत जानकारी आउनेछ । घटनाबारे अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*