हेटौंडा/जेसिआइ हेटौंडा सप्ताहब्यापी कार्यक्रम अन्तरगत सातौं कार्यक्रम फाइनल अन्तरजेसिज बक्त्तित्वकला प्रतियोगिता एवम अनलाइन जेसिज सप्ताह समापन कार्यक्रम सम्पन्न भएको छ । जेसिआइ हेटौंडा सन् २०२० का अध्यक्ष राजदेब बानियाँ ज्यु को अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको थियो हो ।
कार्यक्रम को प्रमुख अतिथी लायन्स क्लब एरिया बी का गभर्नर लायन सम्भु नकर्मी रहनु भएको थियो । जेसिजहरुले ब्यक्त्तित्व र नेतृत्व बिकास का बिबिध कार्यक्रम सञ्चालन गरि युवाहरु लाई डोर्याउनका निम्ति भुमिका खेलेकोमा विशेष धन्यवाद दिनु भएको छ ।
कार्यक्रम को निणायक हरुमा जेसिआइ हेटौंडा का पुर्ब अध्यक्ष जेसि गणेश कुमार श्रेस्ठ, जेसिआइ सिनेटर दिपकराज मिश्र र जेसिआइ सिनेटर अरुण कुमार दाहाल रहनु भएको थियो । जुम एप्स मार्फत सन्चालित कार्यक्रममा १० जना जेसिज बक्ता हरु ले प्रतिस्पर्धा गरेका थिए भने ५० जना युवा एवम बिद्यार्थीहरुको सहभागिता रहेको थियो।
समापन कार्यक्रम मा सम्योजक को जिम्मेवारी जेसिआइ हेटौंडा सन २०२० का साखा सम्पादक जेसि अमृत बर्तौलाले लिनु भएको थियो भने कार्यक्रम को सन्चालन सन २०२० का महासचिव विश्व प्रसाद गौतम ले गर्नु भएको थियो, कार्यक्रम मा सहभागी अतिथी,निणायक एवम सम्पुर्ण सदस्य हरु लाई कार्यकारिणी उपाध्यक्ष एवम जेसिज सप्ताह मुल कार्यक्रम सम्योजक पवन कुमार कङ्सकार ले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो।कार्यक्रम मा विशिष्ट अतिथी हरु को रुपमा नेपाल जेसिज का रास्टिय उपाध्यक्ष जेसि कन्चन झा थाकुर र जेसि रामबहादुर बोगटी रहनुभएको थियो भने कार्यक्रम को अतिथी हरु शारदानगर जेसिज कि अध्यक्ष प्रमिसा काफ्ले,हेटौंडा लेडि जेसिज कि अध्यक्ष शुसिला पौडेल मातृसाखा बिरगन्ज जेसिज का अध्यक्ष मुकेश सिंह रहनु भएको थियो।कार्यक्रम मा जेसिआइ हेटौंडा का पुर्ब अध्यक्ष हरु जेसि श्याम पौडेल ,जेसि प्रभात पौडेल ,जेसि जितेन्द्र कर्माचार्य,जेसिआइ सिनेटर कृष्ण बहादुर कार्की अतिथी रहनु भएको थियो भने नेपाल जेसिजका सदस्य मोहन ढुङ्गाना अतिथी को रुपमा रहनु भएको थियो ।
समृद्धि का लागि युवा विषय फाइनल बक्त्तित्वकला प्रतियोगिता मा अमृत बर्तौला प्रथम,जेसि बिबेकानन्द न्यौपाने दोस्रो र जेसि सङ्गीत श्रेस्ठ तेस्रो स्थान हसिल गर्न सफल भएका थिए।
सेयर गर्नुहोस्



















