
हेटौंडा । मकवानपुरमा आज थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा हेटौंडाका विभिन्न वडामा गरी ६२, कैलाश गाउँपालिकाका ४, भीमफेदी गाउँपालिकाका ४ जना र मकवानपुगढी गाउँपालिकामा २ जना गरि ७२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हेटौंडा स्थित आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईंले जानकारी दिए ।
हेटौंडाको कीट जन्य रोग अनुसन्धान तालिम केन्द्रमा गरिएको परिक्षणमा ४३ जना पुरुष र २९ जना महिलामा कोरोना पोजेटिभ देखिएको हो ।


सेयर गर्नुहोस्