पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टी

टुडे संवादाता
२३ भाद्र २०७७, मंगलवार १८:४१

काठमाडौं /नेपालमा पछिल्लो २४ घण्टामा थप  ९०२ जनामा कारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा ९०२ संक्रमित थपिएको जानकारी दिए ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ ।  पछिल्लो २४ घण्टामा दुई हजार २८७ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३२ हजार ९६४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर  ६८ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ६११ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ७ लाख  हजार पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार ५३ जना र होम आइसोलेसनमा ६ हजार ८१५ जना रहेका छन् । आजसम्म देशभर ५ हजार ३१० जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर २३ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १४४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । बागमती प्रदेशमा ८५ जना रहेका छन् ।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, सुनसरी, मोरङ, चितवन, रुपन्देही, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं रहेका छन् । ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

आइतबार देशभर ९८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो भने सोही अवधिमा ८१४ जना डिस्चार्ज भएका थिए । कोरोना भाइरसको संक्रमणबाट आइतबार ९ जनाको मृत्यु भएको थियो ।

सोमबार देशभर ९७० कोरोना संक्रमित थपिएका छन् भने यही अवधिमा एक हजार ७३६ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।.bb

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*